|

दाङ : बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना युवकको मृत्यु भएको छर अर्का युवक गम्भीर घाइते भएका छन्।

आइतबार राति करिब १० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार लमही नगरपालिका-८ का २३ वर्षीय प्रकाश थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। त्यस्तै, सोही ठाउँका ३० वर्षीय तिलक थापा गम्भीर घाइते भएका छन्।

घाइतेलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.