|

काठमाडौं : स्वीटजरल्याण्डमा भएको जनमतसंग्रहले मुस्लिम महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य गरेको छ।

आइतबार भएको जनमतसंग्रहको परिणामले बुर्का लगाउनु नपर्ने पक्षमा ५१ दशमलब २ प्रतिशत मत प्राप्त भएको छ। यसै गरी यसको विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत प्राप्त भएको हो।

जनमत संग्रहमा झिनो मतअन्तरले मात्रै मुस्लिम महिलाले बुर्का लगाउनु नपर्ने पक्षमा मतदान भएको हो। स्वीटजरल्याण्डको स्वीस पिपुल्स पार्टीले अतिबादको अन्त्य नारा दिएर बुर्काको बन्द गर्नुपर्ने विषयमा जनमत संग्रह गर्न प्रस्ताव गरेको थियो।

स्वीस इस्लामिक समूहले भने मुस्लिमका लागि अध्यारो दिन भन्दै जनमत संग्रहको परिणामको विरोध जनाएको छ। जनमत संग्रहको परिणामका विपक्षमा अदालत जाने पनि जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.