|

उदयपुर : उदयपुरको सदरमुकामस्थित गाईघाट बजारमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु भएको छ।

त्रियुगा नगर खेलकुद समितिको आयोजनामा भएको खेलकुद महोत्सवको आइतबार नगरप्रमुख बलदेव चौधरीले थरुहट रंगशालामा उद्घाटन गरेका हुन्।

महोत्सवमा फुटबल‚ भलिबल‚ क्रिकेट‚ साइक्लिङ‚ कराँते‚ तेक्वान्दो‚ बक्सिङ र व्याटमिन्टन खेलको प्रतियोगिता हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष प्रवेश ठकुरीले जानकारी दिए। फुटबल थारुहट रंगशालामा सुरु भएको छ भने साइक्लिङ चप्पनमा भएको छ। भलिबल बोक्से नयाँवस्तीमा हुनेछ। क्रिकेट पूर्वपश्चिम बसपार्क छेउ हुनेछ। ब्याटमिन्टन‚ कराँते‚ बक्सिङका खेलहरु बोक्से कवर्डहलमा हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.