|

मध्य-अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते भएका छन्‌। 

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार बाटा शहर नजिकै एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध बिस्फोट भएको थियो। विस्फोटमा परी ४२० जना घाइते भएका बीबीसीमा उल्लेख छ। 

गिनीका राष्ट्रपतिले ब्यारेकमा राखिएको डायनामाइटको भण्डारण लापरवाहीपूर्वक गरिएका कारण विस्फोट भएको बताएका छन्‌।

​दुर्घटना पश्चात सामाजिक सञ्जालमा केही तस्वीरहरू सार्वजनिक भएका छन्‌, जहाँ शहरमाथि धुवाँ नै धुवाँ देखिन्छ।

त्यहाँको सरकारी टेलिभिजनबाट केही फूटेज सार्वजनिक भएका छन्‌। ती फूटेजमा मानिसहरूको ज्यान गइरहेको र घाइतेहरूले सहयोग माग्दै चिच्याइरहेको देखिएको छ।

सरकारले ट्वीट गर्दै घाइतेहरूलाई अस्पताल पुर्‍याउन स्वास्थ्य कार्यकर्ताहरूलाई आग्रह गरिरहेको छ। साथै, घाइतेहरूको उपचार गर्न आवश्यक रक्तदान गर्न पनि आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.