|

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोख्रेलले ढंग नपुर्याएर पार्टी एकता गरेकाले समस्या आएको बताएका छन्। १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका हुन्।

पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको उनको भनाइ छ। ‘विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको हो’ पोखरेलले भने।’

आइतबारको सर्वोच्च अदालतको फैसला पछि एकीकृत पार्टीहरूको अवस्था २०७५ साल जेठ ३ गते अगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए। ‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुराएकै हो।

त्यही ढंग नपुर्याएका कारण आज काँचै पल्टिएर बाहिर आयो’ पोखरेलले भने,‘अब एकता गर्दा हामीले ढंग पुर्याएर गर्नुपर्छ। सबै थिति मिलाएर उचित तरिकाले गर्नुपर्छ। हिजो एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन। पार्टी ठूलो बनाउने चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो। त्यसले गर्दा यो अप्ठ्यारो पर्यो। अब सर्वोच्च अदालतको फैसलापछि नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाउँछौ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.