|

काठमाडौं : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्टस क्लबले सोमबार पहिलो जित निकालेको छ। यसअघि ९ खेलमा ७ हार र २ बराबरी खेलेको पुल्चोकले १०औँ खेलमा रानीपोखरी कर्नर टिमलाई २–१ ले हराएर पहिलो जित निकालेको हो।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलको पाँचौँ मिनेटमा नै अर्जुनकुमार रानाको गोलमा पुल्चोकले अग्रता बनाएको थियो। खेलको ४३ औँ मिनेटमा अमर ढंगोलले रानीपोखरीका लागि बराबरी गोल गरेका थिए। तर, ७७ औँ मिनेटमा किष्मत लिम्बुको गोलले पुल्चोकले लिगमा पहिलो जित पायो। 

लिगमा पुछारमा रहेको पुल्चोकको १० खेलमा ५ अंक भएको छ। रानीपोखरीको १० खेलमा १३ अंक छ। लिगको शीर्ष स्थानमा सातदोबाटो युथ क्लब रहेको छ। सातदोबाटोको १० खेलमा २५ अंक छ। 
सोमबार नै भएको पहिलो खेलमा मध्यपुर युथ एशोसियसनले सातदोबाटोलाई २–१ ले हराएको थियो। सबैले समान १० खेल खेलिसकेको लिगमा दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको २२, बाँसबारी क्लबको २१, ब्वाइज युनियन क्लबको १७, रानीपोखरी कर्नर टिमको १३, मध्यपुर युथ एशोसियसनको १३, श्री भगवती क्लबको १२, नयाँबस्ती युवा क्लबको १२, श्री कुमारी क्लबको ११, टुसाल युथ क्लबको ९, झम्सिखेल युथ क्लबको ६ साथै पुल्चोकको ५ अंक रहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.