आमाछोरा र अर्की छोरीको अवस्था अझै अज्ञात

|

दैलेख : दैलेखस्थित कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। जसमध्ये दुई बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव दैलेख आठबिस नगरपालिका– ३ मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया  कल्पना र १२ वर्षीया सरिताको भएको प्रहरीले जनाएको छ। 

उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बिलखे भन्ने स्थानमा फेला परेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। 

उनीहरू माछा मार्ने जालमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव अछाम प्रहरीले आज सोमबार फेला पारेको हो। डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले बालिकाहरूको फेला पारेको हो। मानसिंकी श्रीमती सुखी माइती जान भनी हिँडेका थिए। 

मानसिंहलाई घटनाबारे सोधपुछका लागि प्रहरीले राखेको छ। मानसिंहकी श्रीमती सुखी र एक छोरा र अर्की एक जना छोरी अझै बेपत्ता रहेका दैलेख प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.