|

म्याग्दी : महाशिवरात्रिको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८१ वर्षीय भवेन्द्रविक्रम शाहका दुई वटा कृति एकैदिन विमोचन गरिएको छ।

शाहले लेखेका ‘मेरो वंश परिचय र आत्मकथा’ तथा ‘संक्षिप्त केही पौराणिक नाटक’ पुस्तकको बगरफाँटस्थिति शिवालय मन्दिरमा जेष्ठ नागरिकद्वय ८५ वर्षीय खड्गवहादुर थापा र ८४ वर्षीय विष्णुवम मल्लले संयुक्तरुपमा विमोचन गरेका हुन्।

लेखक शाहका तीनभाइ छोराहरू चिरञ्जीवी शाह,जीवन प्रदीप शाह र सुधिर शाह प्रकाशक रहेको १९९ पृष्ठको ‘मेरो वंश परिचय र आत्मकथा’ नामक पुस्तकमा शाह वंशको परिचयका साथै लेखक शाहले आफ्नो जीवनमा भोगेका, देखेका र अनुभूति गरेका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र साहित्यिक विषयहरूमारोचक र सरल रुपमा व्याख्या गरेका छन्।

पुस्तकमा ५० वटा शीर्षकका विभिन्न पाठहरू समेटिएका छन्। त्यसैगरी छोरी सुधा शाह खाँण प्रकाशक रहेको ‘संक्षिप्त पौराणिक नाटक’ नामक पुस्तकमा पाँचवटा पौराणिक नाटकहरू संग्रहित छन्। पौराणिक कथालाई विषयवस्तु बनाएर वर्तमान समयको विम्व उतारिएका ती नाटकहरूमा सामाजिक न्याय र नैतिक मूल्य मान्यताहरूलाई प्राथमिकतामा राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.