|
फाइल फोटो ।

धनुषा : मिथिला माध्यमिक परिक्रमामा सहभागी यात्रीहरू आज दोस्रो दिन धनुषाबाट भारत प्रवेश गर्ने भएका छन्। फागुन औँसीका दिन शुरू भएर फागुन पूर्णिमामा समापन गरिने यात्रा मिथिलामा हिजोदेखि प्रारम्भ भएको हो।

धनुषाको ठेराकचुरीबाट आएको यात्री टोली पहिलो दिन धनुषा जिल्लाकै हनुमाननगरमा बास बसेको छ। परिक्रमा प्राचीन मिथिलाका महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाभित्र गरी १ सय ३३ किलोमिटरमा गरिन्छ।

माध्यमिकी यात्रा पूरा भएपछि होली (फागु) पर्व मनाउने मैथिल परम्परा छ। त्रेता युगमा राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जनकपुरमा विवाह हुँदा दुलहा/दुलही बनेका सम्झना स्वरुप रामसीताका प्रतिमा डोलीमा राखेर घुमाइने गरेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मुख्य साधु रवीन्द्र दास वैष्णवले बताए।

पिठ्युँमा सातुसामल र एकसरो फेर्ने लुगाको पोको, नाङ्गा खुट्टामा राम सीताप्रति भक्तिभाव प्रकट गर्दै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू सहभागी हुने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.