|

दैलेख : दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन अन्तर्गत तेस्रो चरणमा गरीने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना नेपाल आउने भएको छ। कोरोना महामारीका कारण केही समय रोकिएकोे पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले यो सँगै तीव्रता पाउने भएको छ।

२०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गतको पहिलो चरणको काम सकिएको छ। तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्व तयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले जानकारी दिए। उनले ड्रिलिङको अध्ययनका लागि यही चैत्र १९ सम्म चीनको टोली आउने जनाएको बताए।

ड्रिलिङको अध्यानका लागि आउने चीनको टोलीले सम्बन्धित स्थलमा गएर ड्रिलिङका लागि भौगोलिक अवस्था, सडकको पहुँच लगायतका अन्य कुराहरूमा अध्ययन पछि विज्ञ टोली आएर स्थलमा ४ किलोमिटर जमिन मुनी ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ।

चीनबाट आउने विज्ञ टोलीले २ देखि ३ महिनासम्म ड्रिलिङको काम सकाए पछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौता अनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ।

नेपाल सरकारसँग भएको सम्झौता अनुसार पहिलो चरणको काम दसैँ अगाडि सकिएको र दसैँ पछि बाँकी काम सुरु गरिने तयारी रहेको भए पनि चीन बाट आएको प्राविधिक टोली फर्केपछि कोरोना महामारी सुरु भएकाले पेट्रोलियम पदार्थ उत्खनन्को काम रोकिएको थियो।

नेपाल सरकारसँगको सम्झौता अनुसार चिन सरकारको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सक्काएको डा.त्रिपाठीले बताए। 

नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन् गर्ने सम्झौता भएको थियो। दैलेखमा परापूर्वकाल देखि ज्वाला बल्दै आएका श्री स्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वर, लगायतका क्षेत्रलाई आधार मानेर चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् टोलीले काम गर्दै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.