|

सुुर्खेत : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय सदस्य मनोनीत कर्णाली प्रदेश सांसद माओवादी केन्द्रमै फकिएका छन्। कर्णाली प्रदेश सांसद ठम्मर विष्ट माओवादी केन्द्रमा नै फर्किएका हुन्। 

आइतबार काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेर विष्ट माओवादीमै फर्किएको मओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओलीले नेकपा एमाले केन्द्रीय सदस्यमा कर्णालीका दुई जना माओवादी केन्द्रका प्रदेशसभा सदस्यलाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए। अर्का माओवादी केन्द्रका प्रदेश सांसद दैलेखका धर्मराज रेग्मी कर्णाली प्रदेशको एमाले सचिवसमेत नियुक्त भएका थिए। 

नेता शर्माका अनुसार एमालेको केन्द्रीय सदस्य बनेका विष्टसँग अनौपचारिक छलफल भइरहे पनि औपचारिक रुपमा आइतबार माओवादी केन्द्रमै फर्किएका हुन्।

शनिबार माओवादी केन्द्रले २४ घण्टाभित्र आफ्ना सांसदहरुलाई पार्टीमा फर्कन अल्टिमेटम दिएको थियो। विष्ट सुर्खेत क्षेत्र नं १ (क)  माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.