|

काठमाडौं : साहित्य सन्ध्याले हरेक वर्ष विभिन्न विधामा  प्रदान गर्दै आएका पुरस्कारबाट पुरस्कृतको नाम घोषणा गरेको छ। सन्ध्याले बिहीबार विज्ञप्ति जारी गरी पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको हो।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ तथा ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’दबाट क्रमश प्रगतिशील साहित्यकार डा.रवीन्द्र समीर, बन्दुमाया राई, हरिप्रसाद तिम्सिना, खेमनाथ दाहाल र सीताराम नेपाललाई प्रदान गर्ने भएको हो।

उक्त पुरस्कारको राशि क्रमश: १५,०००, १०,०००, १०,०००, ५,००० रहेको छ। एक पुरस्कारको राशि खुलाइएको छैन। 

पुरस्कारहरू यही २०७७ चैत्र १४ गते शनिबार अपराह्न ठिक १ बजे जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए।

उक्त समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गंगाप्रसाद उप्रेती र प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरी रहने बताइएको छ।

सन्ध्याले विगत साढे तीन दशकदेखि महिनाको पहिलो शनिबार १ बजे साहित्य गोष्ठी गर्ने गरिरहेको छ। यस वर्ष महामारीका कारण भौतिक र भर्चुअल माध्यमद्वारा गोष्ठी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.