|

काठमाडौं : वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल अभिनन्दित भएका छन्। निबन्धकार शंकर लामिछानेको ९४ औं जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा रिसाललाई बिहीबार अभिनन्दन गरेको हो।

वरिष्ठ लेखक गणेश रसिकलाई ५० हजार रुपैयाँ नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई २५ हजार नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिएको थियो। दया फाउन्डेसनलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले लामिछाने देवकोटापछिका सबैभन्दा सशक्त निबन्धकार भएको बताए। उनले भने, शंकर लामिछाने प्रतिष्ठानले गर्दै आएका कार्यक्रमहरूले लामिछानेलाई नयाँ पुस्ता माझ चिनाउन ठूलो मद्दत पुगेको छ।'

कार्यक्रममा अभिनन्दित व्यक्तित्व भैरव रिसाल, पुरस्कृत व्यक्तित्वहरू गणेश रसिक र सम्मानित संस्था दया फाउन्डेसनका संस्थापक एवम् निवर्तमान अध्यक्ष किपा माथेमाले अभिनन्दन, पुरस्कार र सम्मानका लागि आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.