काठमाडौं : वन र वातावरण संरक्षणको माग गर्दै काठमाडौंमा युवाहरुले शुक्रबार प्रदर्शन गरेका छन्।
अबको विकास वातावरणमैत्री हुनुपर्ने र पर्यावरण जोगाउनुपर्ने भन्दै उनीहरुले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले लाखौं रुख काट्नुपर्ने निजगढ विमानस्थल निर्माणको काम स्थगित गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनमा सहभागीले ‘हरियो वन, कसको धन?’ ‘रुख जोगाऔँ’ ‘हाम्रो प्रकृति हाम्रो आमा’ लेखिएका प्लेकार्ड बोकेको थिए।
हेर्नुहोस् केही तस्वीर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।