डोल्पा : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले डोल्पाको शे–फोक्सुण्डो ताल पुगेर निःशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका छन्।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड लिंकले निःशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटन गर्न आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेलिकप्टरमा फोक्सुण्डो ताल पुगेका हुन्। उनीसँगै वल्डलिंक कम्पनीका अध्यक्ष दिलिप अग्रवाल, सिइयो केशब नेपाल पनि फोक्सुण्डो पुगेका हुन्।
हेलिकप्टर चार्टर कम्पनीलेनै गरेको बताइएको छ। फोक्सुण्डो ताल सुन्दर पर्यटकिय गन्तव्य भएर पनि ओझेलमा परेकाले थोरै प्रचारप्रसारमा मद्दत पुग्ने उद्देश्यले ताल नजिकै निःशुल्क इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ।
इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क पाँचसय एमवी प्रयोग गर्न सकिने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए। निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो घुम्न आउने पर्यटकलाई सञ्चार सम्पर्कमा रहन सहजहुनुका साथै पर्यटकले मनोरञ्जनसमेत लिने अपेक्षा गरिएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।