काठमाडौं : कवि तथा गजलकार सन्देश सुब्बाको गजल संग्रह ‘सम्झनाको आँधी’ विमोचन भएको छ।
वरिष्ठ गजलकार ललिजन रावलले किताब मंगलबार ललितपुरस्थित चुम्लुङ हिममा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक गरेका हुन्। पेशाले सञ्चारकर्मी सुब्बाको यो दोस्रो कृति हो। यसअघि उनको ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशित छ।
‘सम्झनाको आँधी’ विमोचन कार्यक्रममा साहित्यकार बिमला तुम्खेवा, सकुन्तला जोशी र प्रकाश आङदेम्बे वक्ताका रुपमा थिए। राजनीतिज्ञ वीर नेम्बाङ, श्रीप्रसाद जबेगु र प्राज्ञ अमर तुम्याहाङले शुभकामना दिएका थिए। ‘सम्झनाको आँधी’ निम्बल पब्लिकेशनले बजारमा ल्याएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।