|

काठमाडौं‌ : नेकपा एमालेको पार्टी कार्यालय अब थापाथलीमा सर्ने भएको छ।

यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो। पार्टी कार्यालयको प्रस्तावित भवन अवलोकन गर्न अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थापाथली पुग्दैछन्‌।

२०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खुस्थित पार्टी कार्यालय भत्काइ दिएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको धुम्बाराहीको पार्टी मुख्यालय थापाथलीमा सार्ने तयारी गरिएको हो।

नयाँ भवनमा १८ वटा कोठा छन्। पार्किङ लगायतको सुविधासम्पन्न भवन पनि अस्थायी नै हुनेछ।  एमालेले बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा नै वैशाख ९ गते नयाँ भवन शिलान्यास गर्दैछ।

​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.