|

काठमाडौं : साहित्यिक पत्रकार संघले २०७७ सालको मैनाली कथा पुरस्कार भारतको दार्जिलिङ निवासी विन्द्या सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ।

कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथा संग्रहसहित दर्जनौं कृति प्रकाशित छन्। सुब्बाले दियालो, अगमसिह गिरी, साहित्य अकादमीलगायत पुरस्कार र सम्मान पाइसकेकी छन्।

एक लाख एक हजार रुपैयाँ राशिको मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा वि.स. २०३८ सालमा उनका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सहयोगमा स्थापना भएको हो।

मैनाली कथा पुरस्कारबाट यसअघि कथाकारहरू विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, भाउपन्थी, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, राजव, किशोर पहाडी र सनत रेग्मी पुरस्कृत भइसकेका छन्। यस्तै, सन्तोष भट्टराई, मुरारी अधिकारी, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, इस्माली , अविनाश श्रेष्ठ, नयनराज पाण्डे र राजेन्द्र विमललगायत पुरस्कृत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.