|

काठमाडौं : थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।

घरेलु टोलीले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। बराबरीले पनि फाइनलमा पुग्ने भएकाले शनिबार नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो। यो नतिजाले किर्गिस्तान यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको छ।

किर्गिस्तानले पहिलो खेलमा बंगलादेशसँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो। बंगलादेशले भने दुई खेलमा चार अंक जोडेको छ। आजको खेलको सिकाइले फाइनलमा राम्रो नतिजा आउने प्रशिक्षक बालगोपाल मर्हजनले बताए। शनिबारको खेलमा म्यानअफ दि म्याच रोहित चन्द घोषित भए। आजको खेलमा डेब्यु गरेका त्रिदेव गुरुङले राम्रो प्रर्दशन गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.