सबै चिज रंगीविरंगी छन्, त्यसैले यो सृष्टि सुन्दर छ

|

रङको पर्व, रङको खेल, रंगीन आनन्द अनि रंगीन मदहोश भरिएको उत्सव होली जस्तो अरू पर्व खोजेर पनि भेटिन्न। भक्ति—सूत्र, प्रवचन नं १६ मा ओशोले गर्नुभएको वर्णन सुन्दा होलीको व्याख्याले ध्यान मग्न बनाइदिन्छ। 

विचार शून्यतामा तल्लीनता महसुस गराउने, स्वछन्द नृत्यमा डुबाउने, सप्तरंगी मन र प्रेमले ओतप्रोत पार्दै हाँसो मजाकमा रङ उडाउने, उल्लासको महोत्सव जति विशेषण दिए पनि अपूर्ण नै हुन्छ किनकि होली आफैंमा पूर्णताको पर्वभन्दा अनुपयुक्त हुँदैन।

प्रल्हाद र हिरन्यकश्यपु बाबु छोराको ऐतिहासिक सम्बन्ध 

होली भन्नासाथ त्रेतायुगमा हिरन्यकश्यप असुरहरूका राजाले आफ्नै छोरा भगवान् भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए। 

भगवान् विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती जोडिएर आउँछ। पुराण इतिहास होइन यो त महाकाव्य हो।

पुराणमा जे कुरा उल्लेख हुन्छ त्यो तत्कालीन समयको सूचक मात्र होइन त्यस्तै अवस्था वर्तमानमा पनि छ भन्ने सूचक हो। पुराणमा घटनाको मात्र उल्लेख हुँदैन त्यसमा उल्लेखित सत्यले आजको अवस्थामा समेत के शिक्षा प्रदान गरिरहेछ भन्ने कुरा महत्वपूर्ण हुन्छ।  

कतिपय समुदायमा त रातो र पहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। पहेंलो रङले मणिपुर चक्रलाई सक्रिय राख्दछ। यो रङको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रङ मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन्।

होलीका आगोमा जलिनन् अर्थात् सत्यलाई जलाउन खोजेर पनि सकिन्न। असत्यमाथिको विजय रङको उत्सवको रूपमा शुरू भयो होली। प्रल्हाद र हिरन्यकश्यपको कथा एकातिर आस्तिकता र नास्तिकताको उदाहरण हो भने अर्कोतिर, बुबा छोराको सम्बन्धमा सधैँ प्रेम मात्र हुँदैन कटुता र तिक्तता पनि हुन्छ भन्ने उदाहरण हो।

के कारणले प्रेमलाई तिक्ततामा पुर्‍याउँछ? एउटा पिताले पिता हुनुको धर्मबाट पछि हट्नुसक्ने अवस्था, के यो अहंकारको पराकाष्ठा हो? आत्मबोध र मननका साथ सुमधुर सम्बन्धलाई व्यवहारमा उतार्ने सन्देश ग्रहण गर्नु होलीको अर्को महत्वपूर्ण पक्ष हो। प्रल्हाद, हिरन्यकश्यपु र होलिका पुराणमा उतारिए।

​हाम्रो स्वभावमा यिनलाई कसरी उतार्ने त्यो चुनौती हो हामीलाई। आफ्नै घरमा भक्तको जन्म भएको हिरन्यकश्यपुलाई थाहा भएन। हिरन्यकश्यपुको साथमा शक्ति सम्पत्ति सबै चिज हुँदाहुँदै पनि जितेनन्, हार्नु र्यो किन? किनकि शक्ति, सम्पत्ति र सम्मानले जित्दैन, जीवनले जित्छ, सत्यको जित हुन्छ। जीवनको अन्तर्निहित सत्य के हो रु प्रश्न हामीलाई छ।

जीवनका रङहरू 

जीवनका रङ अर्थात् जीवनशैलीको ढंगले जीवन बाँच्नु, मिहिनेत गर्नु र सफल हुनुको अर्थ राख्दछ। हाम्रो संस्कारको रङ जस्तो छ हाम्रो स्वभाव र व्यवहार त्यस्तै रङमा बदलिएको छ। लोभको रङ, इष्र्या, द्वेष, घृणाको रङ मात्र कहाँ हो र प्रेम, अनुशासन, आत्मानुशासनका रङहरू पनि त हामीसंगै छन्। कुन रङ कतिबेला कसरी प्रस्तुत हुन्छन् होशपूर्ण हुनु जरूरी छ। किनकी एकपटक त्यो रङ लागिसकेपछि मेट्न गार्हो हुन्छ। 

एउटा तस्विर खिच्नको लागि जति होशपूर्ण हुन्छौं, सही तरिकाले बस्छौं, मुस्कुराउने प्रयास गर्छौं, सही तरिकाले हेर्छौं, आसपासलाई नियाल्छौं अनि मात्र तस्विर लिन्छौं। किनकी हामीलाई थाहा छ एकपटक रेकर्ड भएपछि रेकर्ड भयो, सबैले देख्छन्, पछिसम्म त्यो तस्विर रहिरहन्छ। हाम्रो जीवनशैलीको तस्विर पछिसम्म कसरी रहोस्, कुन रङमा रङियोस् भन्ने चाहन्छौं?

प्राकृतिक हिसाबमा सबै समान र प्रेमिल छन्। तर मानवीयताको हिसाबमा यो समानतामा रङभेद त छैन रु ख्याल गर्नुपर्ने हुन्छ। धनको रङ, सम्पन्नताको रङ, अहंकारको रङले प्रेम, शान्ति, करुणा, अपनतत्व र प्रफुल्ल्ताको रङलाई छायामा पारेको त छैन?

आजकल स्मार्ट क्यामेराले लिएका तस्विरहरू एडिट गर्न, सच्याउन मिल्छ तर हाम्रो व्यवहारिक रङ बहुआयामबाट आफैले सच्याउने र रूपान्तरण हुने प्रयास गरेनौं भने तस्विर सच्याएको जस्तो सहज अवश्य छैन। हाम्रो ध्यान बाहिरी रङतिर गयो भने बाहिरी सफलता मिल्छ भने ध्यान भित्री रङतिर गयो भने शान्ति र आनन्दको अनुभूति प्राप्त हुन्छ। 

ध्यान र अध्यात्म कठिन हो भन्ने धारणा बनाउनेलाई पनि रङरूपी बोध गर्ने अभ्यास विकास भयो भने जीवन निरश नबनी आफैंमा उमंग र प्रफुल्लता सहितको रङिन बन्न सक्छ।

रङ र स्वभावको सम्बन्ध 

कुनैपनि रङ देख्नासाथ हाम्रो मन, हृदय र विचारका तरङ आफैंमा तरङित हुन थाल्दछन्। प्रकृति, वनस्पति र यो धर्तीमा देखिने सबै किसिमका रङले हाम्रो दृष्टि, दृश्य, मानसिक खुसी र सकारात्मक प्रभाव सृजना गरिहाल्दछ। प्रत्येक रङले हाम्रो  अनुभवमा प्रभाव पार्दछन् र यिनले प्राकृतिक रूपमा हाम्रो स्वभावसँग पनि सम्बन्ध राख्दछन्। 
रातो

रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले धार्मिक कार्य, देवी देवताको पूजाआजा या पर्व र उत्सवमा  रातो रङको पहिरन प्रयोग गरिएको हुन्छ। अधिकांशलाई रातो रङ मन पर्दछ। यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। 

स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रङ होलीमा पनि विशेष प्राथमिकताकासाथ प्रयोग गरिन्छ। रातो रङलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रङ मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् भनिन्छ। रातो रातो रङले मुलाधार चक्रलाई सक्रिय पार्दछ।  

पहेंलो

यो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रङ मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्मवलम्बीहरूको चाड भएकाले यो रङको विशेष प्रयोग हुन्छ। 

कतिपय समुदायमा त रातो र पहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। पहेंलो रङले मणिपुर चक्रलाई सक्रिय राख्दछ। यो रङको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रङ मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन्।

सुन्तला

सुन्तला रङले ऊर्जाशक्ति र सिर्जनात्मकताको प्रतिनिधित्त्व गर्दछ। यो रङले स्वाधिष्ठांन चक्रलाई सक्रिय राख्दछ। यो रङ मन पराउने व्यक्तिहरू सांसारिक सफलतालाई जोड दिन्छन्।आफ्नो कुशलतालाई व्यावहारिकतामा उतार्ने प्रयास गर्दछन् भनिन्छ। सुन्तला रङले मनोवैज्ञानिक, उत्प्रेरित र सकारात्मकताको सन्देश प्रदान गर्छ पनि भनिन्छ।

हरियो

हरियो रङलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ। हरियो रङ मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। त्यसैले त प्रकृतिका सबै हरिया, हराभरा रुखविरुवाले यिनलाई आकर्षण गर्दछन्। 

भनिन्छ हरियो रङ मन पराउनेहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रङ मन पराउने मानिसहरूको आत्मविश्वास भने कम हुने विश्वास गरिन्छ। किनकी हृदय चक्र भावनाले भरिएको हुन्छ। हरियो रङ हृदय चक्रसंग सम्बन्ध राख्दछ, स्वभावैले कोमलता, प्रेम र भावनात्मक हुनु प्राकृतिक मानिन्छ।

नीलो 

नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ। यो रङलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ, त्यसैले पनि यो रङको प्रयोग बढी हुन्छ। 

नीलो रङले विशुद्दी चक्रलाई सक्रिय राख्दछ।  यो रङ मन पराउनेहरू बोलीमा मिठास भरिएका, प्रवचन गर्न सक्ने, गीत गाउन सक्ने हुन्छन् भनिन्छ। यो रङ मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी सात्विक र चिन्तनमा डुब्ने खालका हुन्छन् भन्ने मनोविदहरू बताउँछन्।

वैजनी 

वैजनी रङले सहस्रार चक्रको प्रतिनिधित्त्व गर्दछ। उच्च चेतना, सम्पन्नता, गुणवत्ताको परिचय दिन्छ वैजनी रङले। यो रङ मन पराउने व्यक्तिहरू शान्त, सौम्य, प्रेमल, चैतन्यमा स्थित हुन्छन् भनिन्छ। साथै, स्व–बोध, स्व–यथार्थ बोधमा रमाउने, आफैंमा आनन्दित हुने र ध्यान साधनमा मन लगाउने खालका हुन्छन् भनेर व्याख्या गरिन्छ।​

सेतो

धेरैलाई मन पर्ने रङ हो– सेतो। यो रङलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ मन पराउँछन्। चहकिलो सेतो रङलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ। 

सेतो रङ शान्तिको प्रतिक मानिन्छ।  यो रङ मन पराउने व्यक्तिहरू शान्त, स्थिर, सफा मन भएका, शुद्घ विचारले भरिएका हुन्छन् भनिन्छ।

रङको विविधता र मानवीयता 

जसरी व्याख्या गरिएपनि प्रकृतिको विविधता हेरेर थाहा लाग्दछ कि पृथ्वी रङहरूको समिश्रण हो। भूगोल होस् या संस्कृति, परम्परा होउन् या मान्यता, पहिरन होस् या भाषा, मौलिकता र प्रकृति प्रदत्त सबै चिज रंगीविरंगी छन्, त्यसैले यो सृष्टि सुन्दर छ। 

प्राकृतिक हिसाबमा सबै समान र प्रेमिल छन्। तर मानवीयताको हिसाबमा यो समानतामा रङभेद त छैन रु ख्याल गर्नुपर्ने हुन्छ। धनको रङ, सम्पन्नताको रङ, अहंकारको रङले प्रेम, शान्ति, करुणा, अपनतत्व र प्रफुल्ल्ताको रङलाई छायामा पारेको त छैन?

मानवीयताको रङले यस धर्तीलाई सुन्दर र प्रेमल बनाउन सकियोस्। हाम्रा पर्व र मान्यताले हाम्रो संस्कार र ऊर्जा शक्तिलाई विकास गर्न सकोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.