|

काठमाडौंः पत्रकार होम कार्कीको पुस्तक 'सनैया' सार्वजनिक भएको छ। पुस्तकमा खाडी मुलुकका उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने नेपाली युवाका कथा समेटिएका छन्। 

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थेँ, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथेँ । बन्द गरेका आँखा वरिपरि उनीहरु झल्झली घुमिरहन्थे । ती झझल्कोहरूलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरूको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार बर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ ।

कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुवेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए । यो किताब उनले खाडी क्षेत्रमा कार्यरत ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो ।

यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको ‘सनैया’ सोमबारबाट बजारमा उपलव्ध छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.