विकास समूहले दियो एक लाख रुपैयाँ

|

बर्दिया : अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस सुन्तलीको टोली बर्दिया पुगेको छ। 

आज (मंगलबार) बर्दियाको मुख्य पर्यटकीय क्षेत्र ठाकुरद्वारा, भुरिगाउँ, सदरमुकाम गुलरियालगायत क्षेत्रमा स्थानीय व्यापारी, स्थानीय पालिका लगायतसँग आर्थिक रकम सहयोग स्वरुप संकलन गरिने धुर्मुस सन्तली फाउण्डेसनका सीताराम कट्टेलले जानकारी दिए। 

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आफूहरु महाकालीदेखि मेचीसम्मको अभियानमा निस्किएको उनले बताएका छन्। यसअघि कञ्चनपुरमा आर्थिक सहयोग संकलनका लागि पुगेको टोलीले अहिले बर्दियामा सहयोग स्वरुप आर्थिक संकलन गरिरहेको छ। 

जनस्तरबाट निर्माण गर्न लागिएको रंगशाला निर्माणका लागि स्थानीयले सकेको जेसुकै सहयोग गर्ने भनेका उनले बताए। 

'राष्ट्र निर्माणमा तपाईं हाम्रो अभियान' भन्ने नारासहित रंगशाला निर्माणमा स्थानीय समुदायको अपनत्व गराउने गरी सहयोग रकम संकलनका लागि आफूहरु जुटेको उनले बताए।

विकासप्रेमी युवा समूहले गर्‍यो १ लाख सहयोग 

रङ्गशाला निर्माण अभियानका लागि  विकाशप्रेमी युवा समूह बर्दियाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बर्दियाका विकास प्रेमी युवाको छाता संगठन विकासप्रेमी युवा समूहको तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख रुपैयाँ सहयोग गरिएको समूहका अध्यक्ष गोपाल निरौलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.