|

पाँचथर : पाँचथरको याङवरक गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार बिहान याङवरक गाउँपालिका–१, च्याङथापु जाँदै गरेको मे१ज ३५६ नम्बरको सफारी जिप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका अन्दाजी ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो।

सडकबाट करिब २०० मिटर तल झरेर जिप दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका सवारी चालक राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा उनको मृत्यु भइसकेको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका फिदिम–२ कै २२ वर्षीय आशिष राईलाई अस्पतालले थप उपचारका लागि झापा रिफर गरेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.