|

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई 'ब्लड क्यान्सर' भएको छ।

उनी मल्टिपल माइलोमाबाट पीडित भएकी हुन्। जुन एक प्रकारको ब्लड क्यान्सर हो। उनी अहिले मुम्बईमा उपचाररत रहेको भारतीय सञ्चा‍रमाध्यमले जनाएका छन्। बिजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार किरणको रोगको बारेमा जानकारी दिएका हुन्।

किरणले १९८३मा  रिलिज भएको पंजाबी फिल्म 'आसरा प्यार दा'  फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। उनको बलिउडमा पहिलो फिल्म 'पेस्तोंजी' (१९८८) हो। उनले हिन्दी फिल्म 'सरदारी बेगम'(१९९६)बाट पहिलो पटक नेशनल (स्पेशल जूरी) फिल्म अवार्ड प्राप्त गरेकी थिइन्।

बंगला फिल्म 'बारीवाली/द लेडी अफ द हाउस' (१९९९)बाट उनले दोस्रो नेशनल अवार्ड जीतेकी थिइन्। उनको देवदास' (२००२), 'वीर जारा' (२००४), 'ओम शान्ति ओम' (२००७) 'खूबसूरत' (२०१४) जस्ता फिल्म सुपरहिट छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.