विभागले ६६ पृष्ठको पासपोर्ट जारी गर्ने

|
प्रतिकात्मक तस्विर

काठमाडौं : नेपाली पासपोर्ट प्रयोगकर्ताले अबको पाँच महिनामा वा भदौ अन्तिम सातादेखि ई-पासपोर्ट प्रयोग गर्न पाउने भएका छन्। तीन वर्षसम्मका लागि २० लाख सेवाग्राहीलाई पुग्नेगरी पासपोर्ट बनाउन डिजाइनसहित काम भइरहेको राहदानी विभागले जनाएको छ।

तत्काल सेवाग्राहीलाई तीन वर्षका लागि पुग्ने पासपोर्ट बनाएर वितरण गरिने विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। तीन वर्ष पछाडि नयाँ प्रक्रिया गरेर बनाउन सकिने उनले जानकारी दिए। उनले भने, 'सरकारले आफ्नै प्रेस सेक्युरिटी बनाएर पनि निर्माण गर्न सक्छ वा अन्य गृहकार्य पनि गर्नुपर्ने हुन्छ।'

आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो। करिब साढे २ अर्ब रुपैयाँ बराबर लागतमा निर्माण गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासनमा लाइभ इन्डोरमेन्ट (अनलाइनमार्फत फारम भर्ने) स्थापना गरी फोटो खिचेर राहदानी विभागमा पठाउने पाण्डेले जानकारी दिए। उनले भने, 'फोटो खिची फिंगर प्रिन्ट अपलोड हुनेबित्तिकै फारम तत्कालै पाउँछौं। त्यसैलाई प्रिन्ट गरेर सम्पूर्ण विवरण हेरेर बनाएर जिल्ला-जिल्लामा पुनः बनाएर पठाउँछौं।'

सेवाग्राहीले एमआरपी पासपोर्टभन्दा केही समय छिटो अगाडि पाउने पाण्डेको दाबी छ। इन्टरनेटको माध्यमबाट सम्पूर्ण फाइल प्राप्त गर्ने भएकोले छिटो निर्माण गरी सेवाग्राहीले भनेको समयमा जिल्लामा पासपोर्ट बनाएर दिने उनले बताए। हस्तलिखित जस्तो गरी जिल्लाबाट यसलाई तुरुन्त पासपोर्ट दिइन नसकिने उनले प्रस्ट पारे।

६६ पृष्ठ पासपोर्टको मूल्य बढी 

३२ पृष्ठको पासपोर्टमा कायम रहेको मूल्य नै रहने पाण्डेले जानकारी दिए। ट्राभल गरिरहने सेवाग्राहीका लागि ६६ पृष्ठको पासपोर्ट बनाउने तयारी गरिरहेको उनले जानकारी दिए। उनले भने, 'बढी पृष्ठ भएको पासपोर्टको मूल्य कायम मूल्यभन्दा दोब्बर हुन्छ।' यसका लागि निर्णय भइनसकेको तर प्रक्रियामा रहेको उनले जानकारी दिए।

आइकाओले २०३० सम्ममा संसारभर पर्यटकको संख्या वृद्धि हुने अनुमान गरेको थियो। २०१८ मा विश्वभर घुम्न जाने पर्यटकको संख्या बढेको सोही समयमा आकलन गरेको हो।

अन्तरराष्ट्रिय नागरिक उड्डयन आइकाओको प्रावधानअनुसार एकै ठाउँबाट सुरक्षित साथ वितरण गरिने व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ।

इ-पासपोर्ट साथमा भए विमानस्थलको ई-गेटबाट सहजै प्रवेश पाउने उनले जानकारी दिए। पासपोर्टमा भएको डाटा मिल्यो र अनुहार र आँखा मिल्न साथ विमानस्थलबाट पर्यटकले प्रवेश पाउन सक्ने उनको भनाइ छ।

'ई-पासपोर्टमा जिपिआरएस सेट गरिँदैन। नागरिकको स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने अधिकारलाई विभागले नियमन गर्दैन,' पाण्डेले भने, 'पासपोर्टमा भएको सानो चिप्समा नागरिकको सम्पूर्ण विवरण हुन्छ।' सेवाग्राहीलाई प्रत्यक्ष निगरानी राख्दैनौं तर राहदानीवाहकको नम्बर हान्नेबित्तिकै सम्पूर्ण विवरण प्राप्त गर्न सकिने उनले जानकारी दिए।

पासपोर्टको दुरुपयोग हुन नसक्ने उनले जानकारी दिए। विगतमा एक व्यक्तिको पासपोर्ट अन्य व्यक्तिले प्रयोग गरी भ्रमण निस्कने गरेकोमा ई-पासपोर्टले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने उनको विश्वास छ।

विदेशस्थित विभिन्न कूटनीतिक नियोगबाट ई-पासपोर्टबाट अहिले जस्तै आवेदन दिन सकिने उनले जानकारी दिए।  एमआरपी पासपोर्ट लिन कागजपत्र पेस गरेर पठाउनुपर्थ्यो भने यसका लागि सम्पूर्ण कागजपत्र इन्टरनेटबाट आउनेछ।

हस्तलिखित पासपोर्टका कारण विभिन्न ठाउँमा भ्रमण गर्दा रोकिएको उनले स्मरण गराए। लिखित पासपोर्ट प्रयोगका कारण नेपाली राहदानी बाहकले विदेशस्थित विभिन्न मुलुकमा दुःख पाएका उनले जानकारी दिए। आवश्यक मानिसले मात्र पासपोर्ट मात्र बनाउन पाउन उद्देश्यले पछिल्लो समययता सूचना जारी गरेको उनले बताए।

सूचना जारी गरेपछि आवश्यक परेका मानिस मात्र पासपोर्टका लागि आवेदन दिन आइरहेको पाण्डेले सुनाए। दैनिक २ सय देखि ४ सयको हाराहारीमा सेवाग्राही आइरहेको उनले जानकारी दिए।

ई-पासपोर्ट के हो?

१ सय २० भन्दा बढी मुलुकले यो पासपोर्ट प्रयोगमा ल्याइसकेका छन्। नेपालले पनि प्रयोगमा ल्याउन लागेको हो।

पाण्डेका अनुसार हातले लेखेको पासपोर्ट, मेसिन रेडिएबल पासपोर्टभन्दा एक तह माथिको हो। जसमा चिप्स समावेश गरिएको हुन्छ। चिप्समा नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ। आँखा,फिंगर प्रिन्टको विवरण समावेश गरिएको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.