|

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। हालसम्म देशभर ३ हजार ३२ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा छ।

२७ सय २७ मा कोरोना परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको छ। देशभर कुल संक्रमित २ लाख ७७ हजार ७ सय ६८ छन्। २२ लाख ८१ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

यसैगरी, संक्रमणमुक्त १ सय ६१ भएका र कुल २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भइसकेका छन्। क्वारेन्टाइनमा ५९ जना र आइसोलेसनमा १६ सय १३ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.