|

काठमाडौं : ‘पिच रोड’ र  ‘घाममा सुकाइदेऊ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समीर आचार्य र  विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ। 

समीरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु द नेक्ट’ को  नृत्य रहेको छ। अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन्। भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो।  

विगत लामो समयदेखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई त्यहाँको शिक्षा र  अध्यागमन (इमिग्रेसन) सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.