|

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये हाल एक हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।

नेपालमा हालसम्म २२ लाख ८५ हजार २ सय ८८ वटा नमुनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै,आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ छ।

हाल ५७ जना क्वारेन्टाइनमा छन्। यस्तै, आज एक सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेका संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.