|

धनकुटा : जंगलमा लागेको डढेल गाउँसम्म पुग्दा धनकुटामा चार घरमा क्षति पुगेको छ। धनकुटा सदरमुकामको चुलिवन क्षेत्रमा डढेलो गाउँसम्म पुग्दा धनकुटा नगरपालिका-७ मगर वस्तीको धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर र गोठ जलेको प्रहरीले जानकारी दिएको छ।

आगो नियन्त्रण गर्न धनकुटाका दुई‚ सुनसरीको धरान, झापाको दमक र तेह्रथुमको लालीगुराँस नगरपालिकाको पाँचवटा दमकल प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जैशवारले जानकारी दिए। आगो नियन्त्रणमा लिन पाँच दमकलसहित नेपाल प्रहरीका १००, नेपाल सेनाका ५० र सशस्त्र प्रहरीको ५० जना जनशक्ति परिचालन गरिएको प्रहरी नायब उपरिक्षक जैशवारले जानकारी दिए। यस्तै, स्थानीयसमेत खटिएका थिए। डढेलोले चुलीवन क्षेत्रको एक हजार रोपनीमा फैलिएको वन जलेको प्रहरीले जनाएको छ।

यस्तै‚ धनकुटाको सहिदभूमि गाउँपालिका-१ मा डढेलोको कारण आइतबार दुई घर जेलेको छ। त्रिवेणी सामुदायिक वनमा शनिबारदेखि लागेको डढेलो गाउँसम्मम फैलिँदा नरबहादुर बोगटी र उनका छोरा राजबहादुर बोगटीको घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। आगलागिका कारण घरमा रहेको भाडावर्तन, लत्ताकपडा, अन्न सहितका समाग्री जल्दा जम्मा सात लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ। आगलागी पीडित परिवार आफन्तकोमा शरणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.