|

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण दर्शक बिनाको मैदानमा आगामी ९ अप्रिलमा शुरू हुँदै छ।

भारतमा लगातार बढीरहेको कोरोना भाइरसका कारण भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडी सुरक्षालाई लिएर चिन्तित रहेको बताएको छ। बिसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आईपीएल शुरु हुनु अघि खेलाडीलाई भ्याक्सिन लगाउन चाहेको बताएका छन्।

राजीवले बोर्ड भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरिरहेको बताएका छन्। आईपीएलको १४ औं सिजन ५२ दिन चल्ने छ। प्रतियोगिता अप्रिल ९ देखी शुरु भएर ३० मे सम्म चल्ने छ। 

इन्दोर तथा हैदराबाद बैकल्पिक भेन्यू

आईपीएलका खेल ६ शहरमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकतामा हुने तय भएको छ। तर मुम्बईमा लगातार बढ्दो कोरोना केसका कारण इन्दौर र हैदराबाद अप्शनका रुपमा छानिएको छ। बिसीसीआईले अप्शनका रुपमा राखिएका मैदानमा समेत तयारी सुरु गरीसकेको छ।

यद्यपी बीसीसीआईले बढ्दो कोरोनालाई मध्यनजर गर्दै बीसीसीआईले सुरक्षाको सबै ब्यवस्था कडाइका साथ पालना गरिने जनाएको छ। साथै उसले खेल हुनेमा शतप्रतिशत आशावादी हुन पनि भनेको छ।

तीन खेलाडीसहित २० जना संक्रमित

आईपीएलको १४ सिजन शुरु हुनु अघि अहिलेसम्म ३ खेलाडीसहित २० जनमा कोरोना पोजेटिभ पाइएको ५। खेलाडीहरुमा अक्षर पटेल, देवदत पडिक्कल तथा नीतीश  राणा रहेका छन्। केहि समय अघि विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर पडिक्कललाई पनि कोरोना पोजेटिभ देखिएको थियो। जहाँ नीनीशलाई २२ मार्चमा पोजेटिभ देखिएको थियो।

शनिबार मुम्बईको वानखडे मानमा १० स्टाफ र ६ इभेन्ट म्यानेजरमा पोजेटिभ देखिएको छ। जसले गर्दा खेलाडी तथा टीमका पधाधिकारीहरुलाई कोरोनाबाट जोगिएर मैदानमा उत्रनु पनि चुनौतीपूर्ण बन्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.