|

काठमाडाैं : च्याम्पिन्स लिगअन्तर्गत क्वार्टरफाइनलका खेलहरू आजबाट सुरु हुँदै छन्।

आजको खेलमा इंग्लिस टोली लिभरपुल र स्पेनी टोली रियल मड्रिड भिड्दैछन्। अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले म्यानचेस्टर सिटीको सामना गर्नेछ। दुवै खेल नेपाली समयअनुसार आज राति पाैनै १ बजे हुनेछन्।

च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड भन्न साथ २०१८ को फाइनल याद नआउने धेरै कम होलान्।

​त्यसयता यी दुई क्लबमा धेरै परिवर्तन भए। ३–१ ले लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगमा रिलयले ह्याट्रिक गरेको थियो। जुन विश्व फुटबलमा निकै दुर्लभ उपलब्धि रियलका नाममा रह्यो।

तर अहिलेसम्म आइपुग्दा रियल मड्रिड परिवर्तित भइसकेको छ। त्यो पुरानो उपलब्धि दोहोर्‍याउने प्रतीक्षा रियलको लम्बिँन्दो छ।

त्यसो त अहिले २०१८ का स्टार क्रिस्टियानो रोनाल्डो रियलमा छैनन्। अनि त्यो बेलाका नायक ग्यारेथ बेलको चर्चा यतिबेला सार्थक हुन्न, तर त्यो समय रियलको जस्तो नाम थियो। अहिले लिभरपुलको त्यस्तै चर्चा छ। धेरैको अनुमान छ कि खस्किएको रियल लिभरपुललाई हराएर आफ्नो विरासत कमजोर नभएको सन्देश दिन चाहन्छ।

अघिल्लो सिजन लिभरपुललाई हराउनु सपनाजस्तै थियो। तर यो पटक लिभरपुल नसोचेको खराब लयबाट उक्सन नसक्दा दुवै टिमका लागि पहिलो लेग बराबरको मानिएको छ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले हाई लेभलको खेल भएकाले स्वाभाविक रुपमा टिम सचेत भएर मैदानमा उत्रने बताए। उनले २०१८ को खेललाई नबिर्सिएको तर अब फेरि त्यस्तो नहुनेमा विश्वस्त रहेको बताए। उनले लिभरपुलले निराश नपार्ने पनि बताए। 

स्पेनको अलफ्रेडो डि स्टेफानोमा हुने खेलमा रियलका लागि स्टार खेलाडी रामोस हुने छैनन्। लिभरपुलका लागि पनि मोहमद्ध सलाहको इन्जुरीले समस्या बनाउन सक्छ।

समग्रमा च्याम्पियन्स लिगको शीर्ष आठको यो भिडन्त नकै रोमाञ्चक हुने आकलन गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.