|

भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्। 

थपिएका सहित भारतमा यतिखेर ८ लाख ४३ हजार ४७३ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ। 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमणका मामिला थाहा लागेको छ।

हालसम्म ८ करोड ७० लाख नागरिकलाई कोरोना भ्याक्सिन दिइएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.