|

गत शनिबार भारतको छत्तीसगढस्थित बीजापुर भिडन्तमा कब्जा गरिएका प्रहरी जवान छुटाउन सरकार वार्तामा बस्नुपर्ने भारतीय कम्युनिष्ट पार्टी माओवादीले माग राखेको छ। 

सो हमलामा २४ जवानको ज्यान गएको थियो। ३१ जना घाइते भएका थिए भने १ जवानलाई विद्रोहीहरूले कब्जामा लिएका थिए।

ती जवान छाड्नका लागि सरकारले आफूहरूसँग वार्ता गर्नुपर्ने दन्तकारण्य स्पेशल जोनल कमिटीका प्रवक्ता विकल्पले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ। 

माओवादीले सो भिडन्तमा जनसेनाका ४ जनाको पनि ज्यान गएको जानकारी दिएको छ। यस घटनाबारे सरकारसँग वार्ता गर्न आफूहरू तयार रहेको र सरकारले नै मध्यस्थताकर्ता घोषणा गर्नसक्ने पनि माओवादीले उल्लेख गरेको छ। 

सुकमा र बीजापुरमा जिल्लाका गाउँमा आफूहरूमाथि हमला गर्न पुलिस बलका दुई हजारभन्दा धेरै जवान आएका र सो योजना केन्द्रीय गृहमन्त्री अमित शाहको नेतृत्वमा बनाइएको माओवादीले आरोप लगाएको छ। 

सन् २०२० नोभेम्बरबाट सरकारले सो योजना कार्यान्वयन गरेयता १५० भन्दा धेरै ग्रामिण जनताको हत्या भएको, ती मध्ये केही आफ्ना कार्यकर्ता पनि रहेको माओवादीले जानकारी दिएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका गृहमन्त्री अमित शाहले आफूहरूको हत्या गर्न जस्तासुकै योजना बनाएपनि कडा प्रतिरोध गरिने माओवादीले चेतावनी दिएको खबर बीबीसी हिन्दीमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.