|

काठमाडौं : इन्द्रप्रसाद अधिकारीको लेखन र हिसिला महर्जनको चित्रांकन रहेको ‘मही पार्ने रहर’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ।

‘मही पार्ने रहर’ श्यामुको कथा हो। श्यामुलाई बाबाले मही पारेको देख्दा निक्कै रमाइलो लाग्छ। उनलाई पनि बाबा र दाइले जस्तै ठेकीमा मदानी हालेर घार्रघुर्र पारेर मही पार्न मन छ।

उनी मही पार्न अनेक प्रयास गर्छन्। कहिले नेथी चुँडिएर त कहिले हात ठोक्किएर उनी जहिल्यै आत्तिन्छन्। तर‚ हार भने मान्दैनन्। उनलाई आमाले मही पार्न सिकाउँछिन्। 

आमाले सिकाएको कुरालाई ध्यान दिएर मही पार्न सिक्न थाल्छन्। अनि एक दिन आफैं पनि राम्रोसँग मही पार्न सिक्छन्। मही पार्न सिकेपछि उनी कुनै खेलाडीले खेल जिते सरह दंग पर्छन्।

श्यामुको यो कथाले बालबालिकाको नयाँ कुरा सिक्ने रहरलाई रमाइलो तरिकाले देखाएको छ। कथालयले प्रकाशनमा ल्याएको २४ पृष्ठको ‘मही पार्ने रहर’ को मूल्य २०० रुपैयाँ तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.