|

कोरोना भाइरस उत्परिवर्तन (म्यूटेशन) का कारण हालसम्म तयार गरिएका खोपले नै काम नगर्ने चिन्ता बढाएको छ।

जापानको एक अस्पतालमा परीक्षण गरिएकामध्ये ७० प्रतिशत मानिसको शरीरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएको र त्यसमा एक नयाँ उत्परिवर्तन समेत देखिएको बीबीसीले उल्लेख गरेको छ।

भाइरसको यो उत्परिवर्तनले कोरोना भ्याक्सिन प्रभावकारितालाई पनि कम गराइदिनसक्ने बताइएका छ। समाचार एजेन्सी रोयटर्सले यो भाइरसको वैज्ञानिक नाम इ४८५के रहेको लेखेको छ।

मार्चमा टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटी मेडिकल अस्पतालमा जो मानिसहरुमा कोरोना परीक्षण गरिएको थियो,  ती हरेक १४ मध्ये १० जनामा यो इक म्यूटेशन पाइएको छ। यो उत्परिवर्तित कोरोना भाइरसबाट संक्रमित भएका मानिसहरु विदेश भने नगएका बताइएको छ।

जापानमा जुलाईदेखि ओलम्पिक खेल शुरु हुँदैछ। तर, खेल हुनुभन्दा ठीक अघि त्यहाँ उत्परिवर्तित भाइरसको नयाँ लहर आएको छ। ओलम्पिकका बेला यो भाइरस झनै फैलनसक्ने भन्दै अधिकारीहरू चिन्तित भएका छन्।

मेडिकल जनल बीएमजेका अनुसार इक म्यूटेशनको पहिचान सबैभन्दा पहिले दक्षिण अफ्रिकाको कोरोना भाइरस भेरियन्टमा गरिएको थियो। जापानमा बी १३५३ भेरियन्टबाट संक्रमित हुनेहरु धेरै भेटिएका छन्। यस्तै, हालैए बी११७ भेरियन्ट पनि फेला परेको छ। बेलायतमा पनि कोरोना भाइरसको भेरियन्टमा बी११७ म्यूटेशन देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.