|

काठमाडौं : नेपालका एक मात्र विश्वका अर्बपतिको सूचीमा परेका विनोद चौधरी धनीको सूचीमा निकै तल झरेका छन्। दुई वर्षयता उनको सम्पत्ति स्थिर रहेको फोर्ब्स म्यागजिनले जनाएको छ। उनी विश्वका धनीको सूचीमा २१ सय ४१ नम्बरमा छन्। 

उनको सम्पत्ति भने १.४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबरको सम्पत्ति स्थिर देखिएको छ। उनी गत वर्ष १५१३ स्थानमा रहँदा पनि १.४ बिलियन थियो। २०१९ मा १.७ बिलियन, १३ सय ४९ ‍औं स्थानमा, २०१८ मा १.५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०१७ मा १.३ बिलियन डलर थियो र १५ सय ६७ औं स्थानमा थिए।

अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन्। फोर्ब्सले प्रकाशित गरेको सूची अनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अर्थात एक खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ।

रकेट कम्पनी स्पेस-एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन्। बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ।

तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन्। माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

वारेन बफेट छैटाैं, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलका सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन्। अम्बानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन्।

यसैगरी, विश्वकै धनी महिलाको सूचीमा ६७ वर्षीय फ्रान्सोआइस बेटेनकोर्ट मेयेर्स बनेकी छन्। उनको कुल सम्पत्ति ७३.६ बिलियन डलर छ। ​फोब्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन्। उनीहरुमध्ये २१० जना चीन र हङकङका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.