सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन

|

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ,' ठूला शहरहरूमा ५ सयभन्दा बढी र साना शहरमा १ सयभन्दा बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमनमा कडाइका साथ पालना गर्न अनुरोध छ।'

बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू सपिङ मल, नाँचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायत क्षेत्र, मन्दिर तथा धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न सूचनामा उल्लेख गरिएको छ।

जनस्वास्थ्यको मापदण्ड पालना नगरेमा संक्रामक रोग ऐनबमोजिम कारबाही गरिने भन्दै सबै जिल्ला प्रशासनलाई आग्रह गरेको छ। सार्वजनिक यातायातमा जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालना गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.