|

धनगढी :  अछाम निर्वाचन क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपट बहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। 

माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए। 

पत्रमा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थमा रहने भनेपछि पनि बोहराको क्रियाशीलता एमालेमा देखिएको र एमाले केन्द्रीय समिति सदस्यमा समेत नियुक्ति भएको देखिएकाले पार्टी परित्याग गरे/नगरे बारे प्रश्न गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.