|

काठमाडाैं : एएफसी कपको प्रिलिमिनर राउन्डअन्तर्गत आज(बुधाबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५–१ गोलले हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा अधिक समय बलमा पकड बनाएको आर्मीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ५–१ गोल उत्कृष्ट जित निकालेको हो। पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो।

४२ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यसको एक मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरेपछि घरेलु टिमले पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा टंक बहादुर बुढाथोकीले गोल गरेपछि आर्मी जिततर्फ बढेको थियो। सब्सिच्युट खेलाडी सुदिल राईले ८३ औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–१ गोलको अवस्थामा ल्याए।

त्यस्तै खेलको इन्ज्युरी समयमा फरवार्ड श्रेष्ठले नै गोल गरेपछि आर्मीले ५–१ गोलअन्तरले खेल जित्यो।  अब आर्मीले अप्रिल १४ मा बैंगलोर क्लबसँग बैंगलोरको मैदानमा एएफसी कपको प्रिलिमिनरी राउन्डको दोस्रो राउन्ड खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.