काठमाडौं : दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ। गएराति भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो। उसका लागि फकहर जमानले १०१ र कप्तान बाबर अजामले ९४ रन बनाए।
३२१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २९२ रन मात्रै बनाउन सक्यो। उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्रीएनले ६२ रन बनाए । तर पनि टिमलाई जिताउन सकेनन्।
पाकिस्तानका सहिन शा अफ्रिदी र मोहम्मद नवाजले तीन- तीन विकेट लिए। पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।