|

भक्तपुर : नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको मतगणना सकिएको छ।

प्राप्त मत परिणाम अनुसार भक्तपुरमा केन्द्रीय समितिमा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको टोली अगाडि देखिएको हो। त्यस्तै, उपत्यका प्रदेशमा अध्यक्षका प्रत्यासी श्रीजन झा नेतृत्वको टोलीले अग्रता लिएको छ।

भक्तपुरमा कुल खसेको १७४ मत मध्ये पोखरेलले ११९ मत प्राप्त गरे। अर्का प्रत्यासी निर्मला शर्माले ४६ र गजेन्द्रसिंह बुढाथोकीले ७ मत प्राप्त गरे। 

वरिष्ठ उपाध्यक्षमा रमेश बिष्टले १२३, उपाध्यक्षमा माधव नेपालले ४४ र उम्मेदवारी फिर्ता घोषणा गरेका रामजी दाहालले २ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्ष (महिला) मा बाला अधिकारीले १२२ मत प्राप्त गरेकी छिन् भने दाना केसीले ३९ मत प्राप्त गरेकी छन्। समावेशी उपाध्यक्षमा उदय जीएमले १०५, अवधेश झाले ४५ र मोहन कुमार सिंहले ८ मत प्राप्त गरेका छन्‌।

महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ र सुवोध गौतमले ६ मत प्राप्त गरेका छन्। सचिव खुलामा गोविन्द चौलागाईंले १०९, जन्मदेव जैसीले १२, यम विरहीले ११ र रामकृष्ण ज्ञवालीले ३१ मत प्राप्त गरे।

महिला सचिवमा सृजना अर्यालले १०८ र निमा काफ्लेले ४४ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए। आदिवासी जनजाति तर्फको सचिवमा नारायण सुन्दर किलम्बूले १२७, शाहीमान राई ३१ र राजकुमार श्रेष्ठले ७ मत प्राप्त गरे। मधेशी तर्फको सचिवमा दिपेन्द्र चौहानले १०४, स्वेता सिन्हाले ५२ र देवकुमार यादवले ७ मत प्राप्त गरे। 

दलित सचिवमा हेमकर्ण विक ले १०२ र मधु शाहीले ५३ मत प्राप्त गरे। एशोसिएट तर्फको सचिवमा पवन आचार्यले १०९, रामेश्वर कार्कीले ३१, के पी ढुंगानाले ७ र केशवराज खनाल एवम्‌ विनय देवकोटाले ५/५ मत प्राप्त गरे।

कोषाध्यक्षमा कलेन्द्र सेजुवालले १०५, कृष्ण गिरी ४१, माधव दुलाल ११ र प्रकाश थापाले ४ मत प्राप्त गरे। 

लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले १०५, द्वारिकाप्रसाद काफ्लेले ३८ र लक्ष्मण कार्कीले १३ मत प्राप्त गरे।

खुला सदस्यतर्फ छविलाल तिवारी ९४, बासुदेव शर्मा ९७, माधव पौडेल ८७, रमेश खतिवडा ९१, शिवराज खत्री ७९ मतसहित अग्रस्थानमा रहे। खस आर्य महिलामा सरिता तिम्सिना ९७, महिला मधेशीमा ललिताकुमारी साह १०६, महिला आदिवासी जनजातिमा अञ्जना शिल्पकार ८८ र शान्ता आङबुहाङ ७३, दलित महिला सदस्यमा सरिता बराइली १००, आदिवासी जनजाति सदस्यमा ईश्वरराज मगरले १०० मत प्राप्त गरे।

त्यसैगरी आदिवासी जनजाति महिला सदस्यमा सञ्चुकुमारी लामा तामाङले १००, दलित सदस्यमा प्रकाश धौलाकोटीले १००, दलित महिला सदस्यमा राधा नेपाली १००, सदस्य मधेशीमा सुभाष प्रसाद साह ९४, महिला मधेशी सदस्यमा रिंकुकुमारी मिश्र ११२, सदस्य अपांगतामा नवीन रिजाल ९४, अल्पसंख्यकमा इफ्तखार हसन ९८, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी १०२ र लेखा समिति सदस्य महिलामा देवी सापकोटाले ९८ प्राप्त गरेका संयोजक श्रेष्ठले जानकारी दिए।

त्यसैगरी महासंघको काठमाण्डौं उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झाले १२३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ४३ मत प्राप्त गरे। खुला उपाध्यक्षमा वीरबहादुर लामाले १११, विनोद प्रसाद चौलागाईंले ५२, महासचिवमा टेकबहादुर रोकाले ११८ र सविन शर्माले ४६ मत प्राप्त गरे।

सचिव खुलामा रोशनराज पाण्डेले ११३, समावेशी सचिवमा अमर भुजुले १४६, कोषाध्यक्षमा अर्जुन पन्तले ९१ र जयराम बास्तोलाले ७७ मत प्राप्त गरे।

सदस्यहरूमा खुलातर्फ प्रविन श्रेष्ठले १२८, घनश्याम अधिकारी १२१, माधव प्रसाद घिमिरे ११९, विष्णु कुमार गिरी १०७, रमाकुमारी न्यौपाने १३०, नेत्रप्रसाद न्यौपाने १०३ र शाश्वत शर्माले ७५ मत प्राप्त गरे।

त्यस्तै. दलित सदस्यमा सुशिल दर्नालले १०५ र शर्मिला विश्वकर्माले ५४, आदिवासी जनजाति तर्फकf सदस्यमा रत्नकृष्ण श्रेष्ठले १३६, अर्जुनबहादुर तामाङले ९९ र सुरेन्द्रभक्त श्रेष्ठले ५४ मत प्राप्त गरे। महिला सदस्यमा थाहाकर्मी लक्ष्मी गारु यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.