|

मोरङ : पाँचौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टीम विराटनगर–११ र युनाइटेड फूटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ। वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल बेलुकी खेलाइनेछ।

प्रतियोगिताका लागि शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।

प्रतियोगितामा तीन विदेशी टीमसहित १० टीमको सहभागिता रहने छ। प्रतियोगितामा मनाङ-मर्स्याङ्दी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टीमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख १५ हजार तथा उप विजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.