|
फाइल फोटो।

काठमाडौं : नेपालमा कोरोना संक्रमण फेरि तीव्र फैलिन थालेपछि काठमाडौं विश्वविद्यालयले पठनपाठन अनलाइनमा केन्द्रित गर्ने भएको छ।

विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरण निम्ति आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो।

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण पठनपाठन अनलाइनमार्फत नै हुने जनाएको छ।

विश्वविद्यालयले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.