|

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेको तुवाँलो अझै हटेको छैन। हिजोको तुलनामा आकाशमा तुवाँलोको मात्रा कम भएपनि हट्न नसकेको हो। 

आज बेलुकीपख उपत्यका सहित केही पहाडी भूभागमा हल्का बर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन्‌।

​अहिले देशका धेरैजसो स्थानमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै दक्षिणी भेगमा बनेको तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसैको प्रभावको कारण पहाडी भू–भागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

उपत्यकाको न्यूनतम तापक्रम आज विहान ११ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.