|

म्याग्दी : नेपाल पत्रकार महासंघ म्याग्दीको निर्वाचनमा मिश्रित परिणाम प्राप्त भएको छ। मध्यराति सकिएको मत गणनाअनुसार नयाँ कार्यकालका लागि प्रकाश पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। 

निर्वाचन समितिका संयोजक प्रेमबहादुर कार्कीका अनुसार पौडेलले ३० मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्व न्द्वी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त प्राप्त गरेका छन्।

पौडेलले प्रेस चौतारी र आचार्यले प्रेस चौतारी नेपाल,प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए।

त्यसैगरी निर्वाचित हुनेहरुमा उपाध्यक्षमा हरिकृष्ण गौतम,महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालती) सचिवमा सन्तोष गौतम,कोषाध्यक्षमा दलबहादुर विश्वकर्मा (अमित),सहसचिवमा प्रमोद शर्मा,सहसचिव समावेशीमा साधन राम्जाली रहेका छन्।

सदस्यहरुमा (समावेसीतर्फ) नजराना सिंह ठकुरी, सदस्य खुलातर्फ अमृत बास्कुने,कमल खत्री,कृष्णबहादुर जिसी,सन्दिप खत्री र सन्दिप शर्मा रिजाल विजयी भएका छन्।

त्यसैगरी केन्द्रिय परिषद् सदस्यमा धु्रवसागर शर्मा र सविता बानियाँ,प्रदेश परिषद् सदस्यमा अमर बानियाँ, देविप्रसाद शर्मा,निर्मल खत्री र विक्रम बोगटी,महिला सदस्यमा जेनिसा पुरी र जनजाति सदस्यमा सुदर्शनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.