|

काठमाडौं :  कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र अफ्रिकन गायिका वियोन्से फ्यामासीले एकसाथ गीत गाउने भएका छन्। मदनकृष्णले फेसबुकमा स्टाटस लेख्दै आफू र वियोन्सेले युगल गीत गाउन लागेको बताए।

'वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौँ। वियोन्सेको तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खैँ !’ उनले लेखेका छन्।

'फूलबुट्टे साडी' लाई वियोन्सेले गाएपछि गीतले अन्तर्राष्ट्रियकरण रूप लिएको आफूले महशुस गरेको श्रेष्ठले भनेका छन्। 

यस वर्षको सर्वाधिक चर्चामा रहेको गीत 'फूलबुट्टे सारी' विभिन्न भर्सनमा तयार भए। जसमा मदनकृष्णले लिजेन्ड्री भर्सनमा स्वर भरे। उनको भर्सनलाई पनि धेरैको माया मिल्यो। सोही फूलबुट्टे सारीलाई वियोन्सेले पनि गाएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.