|

काठमाडाैं : सर्लाहीको मलङ्गवा–१० बाट बुधबार चोरी भएको मोटरसाइकल र चोरीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलधनी रामबाबु राउतले आफ्नो ना१प२१४८ नम्बरको मोटरसाइकल चोरी भएको निवेदन बुधबार दिउँसो १ बजे दिएका थिए। लगत्तै प्रहरी परिचालन गरी साँझ ६ बजे नै मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गरेको थियो। 

मोटरसाइकल चोरी गर्ने मलङ्गवा–९ का मोहम्मद सद्दाम हुसेनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.