|

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्। प्रेस युनियनसहित १२ वटा संगठनका संयुक्त उम्मेदवार रावलले प्रेस चौतारीका कृष्ण ओलीलाई पराजित गरेका हुन्।  

रावल पत्रकार महासंघ सुदूरपश्चिमको निवर्तमान कार्य समितिमा महासचिव थिए। यस्तै प्रदेश समितिको उपाध्यक्षमा संयुक्त प्यानलका योगेन्द्रबहादुर बलायर, महासचिवमा संयुक्त प्यानलकै रामसिंह ठगुन्ना विजयी भएका छन्। 

अन्य अधिकांश पदाधिकारी र सदस्यमा पनि संयुक्त प्यानल नै विजयी भएको छ। 

कैलाली शाखाको अध्यक्षमा जोशी

नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। जोशीले आफ्ना प्रतिद्वन्दी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै विजयी भएका हुन्।

यस्तै हरिश विक उपाध्यक्ष, दुर्गा देवकोटा महिला उपाध्यक्ष, युवराज न्यौपाने सचिव, घनश्याम पौडेल सहसचिव, लक्ष्मी प्रसाद जैशी कोषाध्यक्षमा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.