काठमाडौं : युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ। गएराति भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा युनाईटेडले ग्रानाडामाथि २-० गोलको जित निकाल्यो।
उसलाई जित दिलाउन मार्कुस रसफोर्ड र ब्रुनो फर्नाण्डेजले गोल गरे। जितसँगै युनाईटेडले सेमीफाइन पुग्ने सम्भावना बलियो बनाएको छ।
अर्को खेलमा आर्सनल भने बराबरीमा रोकिएको छ। आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो। आर्सनलका लागि निकोलस पेपेले गोल गरेपनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो। यस्तै रोमाले अजाक्सलाई २-१ ले पराजित गर्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।