|

काठमाडौं :  नेपाल पत्रकार महासंघको बुधबार गते सम्पन्न निर्वाचनको मत परिणाम शनिबारसम्म आइसक्ने भएको छ। 

थोरै मतदाता भएका अधिकांश शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। 

अधिकांश जिल्ला शाखाको मत परिणाम आइसके पनि केन्द्र र प्रतिष्ठानको मतगणना जारी छ। १३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो। पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्। तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठन सँगको गठबन्धनमा विपुल पोख्रेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए। त्यस्तै गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लड्नु भएको थियो। 

जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोख्रेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको छ भने विजयी हुनेमा पनि अधिकांश स्थानमा यही समूह रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.